काठमाडौं : अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुतL दिने भएका छन्। क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन्।
वाल्सी फायर डीजे मेजर लेजर समूहका एक सदस्य हुन्। उनी जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत हुन्। उनको समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहनेछन्। मेजर लेजरको उनी एक मुख्य सदस्य पनि हुन्।
उनीहरूले धेरै हिट गीत उत्पादन गरेका छन्। जुन नेपाली युवामा समेत उनका गीतले प्रसिद्धि कमाएको छ। उनका लीन अन (डीजे स्नेक र एमओसँग), कोल्ड वाटर (जस्टिन बिबरसँग), नो बेटर (ट्राभिस स्कटसँग), रन अप (निकी मिनाजसँग), टाइटन्स (सियासँग) लगायतका गीतहरू छन्। यी गीतहरूमध्ये ‘लीन अन’ ३.५ बिलियन भ्युज छ। ‘कोल्ड वाटर’ लाई युट्युबमा ३३८ मिलियन हेरिएको छ।
क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए। उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई-सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन्। दर्शकले कार्यक्रम सुरु हुनु अगाडि क्लबमा प्रवेश गरेर मनोरञ्जन गर्न सक्ने छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।