|

काठमाडौं : पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढी गाउँपालिका ५ धामिगास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर सोमबार बिहान आर्थोकघाटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षका प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.