|

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मका माध्यमबाट नेपालमा पर्यटक बढाउनुपर्ने बताएका छन्।

मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालामा आज बोल्दै उनले नेपाली फिल्मबाट नै नेपालका मनमोहक दृश्यहरुलाई विश्वसामु देखाउन सक्नुपर्ने बताए। 

उनले मुस्ताङ, मनाङलगायतका स्थानमा नेपाली चलचित्र कैद गरेर प्रदर्शन गर्दा आन्तरिक र बाह्य पयर्टकहरु बढाएको स्मरण गरे।

 उनले नेपाली चलचित्रलाई विश्वमाझ पुर्‍याउने चुनौती अबका दिनमा नेपाली चलचित्रकर्मीहरुसँग रहेको बताए। उनले विदेशी दर्शकलाई पनि टार्गेट गरेर आगामी दिनमा चलचित्र निर्माण गर्नुपर्ने बताए।

अभिनेत्री केकी अधिकारीले सिनेमा पर्यटनलाई विशेष जोड दिन आवश्यक रहेको बताइन् । उनले सिनेमामा नेपाली सौन्दर्यहरु कैद गरेर ति दृश्य प्रस्तुत गर्दा आन्तरिक र बाह्य पर्यटक बढेको बताइन्।

उनले नेपालका प्राकृतिक सौन्दर्यतासँगै नेपाली चलचित्रका लागि आन्तरिक सम्भावना भएका ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताइन्।

कार्यक्रममा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले दिमाग खराबको रंग पत्रकारले गरेको रिभ्युमा आक्रोश व्यक्त गरे। फिल्म पत्रकारले फिल्मको बारेमा भन्दा बढी फलानो पार्टीलाई पोस्न फिल्म बनाइयो भन्ने किसिमको रिभ्यु लेखेको बताए। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.