|

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण फागुन १० गतेदेखि सुरु हुने भएको छ। 

नवमिथिला फाउण्डेशनको आयोजनामा हुने त्रिदिवसीय जनकपुर साहित्य महोत्सव यस वर्ष जनकपुरधामको राममन्दिरको प्राङ्गण (पार्क)मा आयोजन गर्न लागिएको हो।

फागुन १२ सम्म चल्ने महोत्सवका विभिन्न सत्रहरुमा साहित्य, राजनीति, आर्थिक, समाजिक, शिक्षा, खेलकुद, सम्पदा, संस्कारसहितका विषयमा बहस हुनेछ भने सांस्कृतिक कार्यक्रम, विभिन्न समाग्रीसहितको बिक्री कक्षहरु रहने फाउन्डेसनका अध्यक्ष अमित साहले आज पत्रकार सम्मेलनमा जानकारी दिए।

अमित झा साहित्य एवार्ड, कवि गोष्ठी, चलु जनकपुरधाम, मधेशको श्रम यात्रासहितका सत्रदेखि ढोल पिपहीसम्मको प्रस्तुति रहने महोत्सवमा संघीयताबारे पनि विर्मश हुने फाउन्डेशनका अध्यक्ष साहले बताए।

फाउन्डेशनका उपाध्यक्ष आदित्य नेपालले जनकपुरलाई साहित्यको शहरका रुपमा पनि प्रस्तुत गर्न पाँचौ संस्करणसम्म आइपुगेको यो महोत्सव यस अघि जानकी मन्दिरमा हुने गरेको थियो। 

जनकपुर बाहिरका करिब ४५ जना विशिष्ठ बक्ता तथा विज्ञ र कलाकारहरु सहभागी हुने महोत्सव हरेक वर्षको फागुनमा आयोजना हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.