|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रियसभामा हुनुपर्ने बताएका छन्।

शुक्रवार राष्ट्रियसभा बैठकमा उनले पुनजस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताए। सांसद देवकोटाले पुनले चलाएको अनुसन्धानको अभियानलाई तीनवटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताए। 

उनले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताए।

सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गरे।

उनले भने, ‘वीरगंज कृषि औजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताब बेच्दै हिँडिरहनु भएको छ। एकजना व्यक्तिले किताब किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ‚ यसको प्रशंशा गर्नैपर्छ तर सरकारका लागि यो विषय लज्जास्पद हुनुपर्ने हो‚’ उनले भने‚ ‘उहाँसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ? वास्तविकता के हो? संसदलाई जानकारी दिनुपर्‍यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.