|

रौतहट : जग्गाको विषय लिएर विवाद हुँदा रौतहटमा एकजनाको ज्यान गएको छ। जिलाको दुर्गा भगवती गाउँपालिकामा जग्गाको विषय लिएर भएको दुईपक्षीय झडप भएको हो।

दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानीय ४० वर्षका जयप्रकाश दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दुर्गा भगवती  २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० वर्षीय जयप्रकाश दास र सोही स्थानका ५० वर्षीय चन्देश्वर महतोबीच शुक्रबार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए। लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.