|

काठमाडौं : चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ तर आश्चर्य नमान्नुस्। चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन्।

बाघलाई आहाराका रूपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६\६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन्। सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ। ३८ वर्षदेखि जिबकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरूको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको छ।’

हरेक पर्यटकले २ सय रुपैयाँ तिरेपछि आफ्नै हातले बाघलाई खाना खुवाउने व्यवस्था पनि छ। तर खाना आफैंले लान भने पाइँदैन। तोकिएको शुल्क तिरेपछि चिडियाघरले उपलब्ध गराएको खाना आफ्नै हातले बाघलाई दिन पाइन्छ। महर्जन भन्छन्, ‘सौखिनहरूका लागि आफैंले खाना खुवाउने व्यवस्था पनि गरेका छौं।’

पर्यटकका लागि आकर्षणको केन्द्र बनेको जाउलाखेलस्थित चिडियाखानामा वार्षिक १० लाखभन्दा बढी पर्यटक घुमफिरका लागि आउँछन् । चिडियाखानामा अहिले १ सय १२ जाति र ७ सय ८७ प्रजातिका जनावर\पक्षी छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.