|

काठमाडौं : एफए कपको क्वाटरफाइनलको समीकरण पूरा भएको छ।

गएराति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल विजयी भएर क्वाटरफाइनलमा पुगेका छन्।

योसँगै म्यानचेस्टर सिटी, न्यूक्यासल युनाइटेड, कोभेन्ट्री  सिटी, लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, वोल्भरहम्पटन र लिभरपुल एफए कपको अन्तिम ८ मा स्थान बनाए। 

 क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडसँग खेल्ने भएको छ भने वोल्भरहम्पटन कोभेन्ट्री सिटीसँग खेल्दै छ।  त्यस्तै चेल्सी लेस्टर सिटीसँग खेल्ने छ। म्यानचेस्टर युनाइटेडले लिभरपुलसँग खेल्ने छ। ​

एफए कपका क्वाटरफाइनलका खेल आगामी मार्च १६ मा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.