|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद सिंहले दुग्ध किसानहरु रकम पाउनका लागि आन्दोलन गरिरहेका भन्दै उनीहरुले पाउनुपर्ने रकम चाँडोभन्दा चाँडो भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्।

उनले दुग्ध किसानहरु पनि केही दिनमा मिटरब्याजी र लघुवित्त पीडितहरुका जसरी नै काठमाडौँमा आन्दोलनका लागि आउन लागेका बताए। उनले दुग्ध किसानहरु आन्दोलित भएमा उनीहरुको आक्रोश सरकारले थेग्छ कि थेग्दैन? भनी प्रश्नसमेत गरे।

उनले भने ‘आज दुध किसानहरु कन्टेनरका कन्टेनर, ट्यांकरका ट्यांकर बाटोमा खसाइराखेका छन्। सरकार केही हेर्न सकेको छैन। अस्ति भर्खर प्रधानमन्त्रीज्युले कृषिमन्त्री र अर्थमन्त्रीलाई किसानको भुक्तानी दिनु भन्छन्। मन्त्रीज्यूसँग छैन। मन्त्री पैसा हामीसँग छैन भनेर टार्छन्। अब केही दिनमा ति किसानहरु पनि जसरी मिटरब्याजी र सहकारी ठगका बिरुद्धमा काठमाडौं आएका छन्, हजारौँ हजार दूध व्यापारी किसानहरु यो उपत्यकामा आउँदै छन्। त्यो अवस्थामा, त्यो बेलामा आक्रोश थेग्न सक्छ कि सक्दैन?'

सांसद सिंहले चैत्र १६ गतेदेखि राप्रपाले अवस्था र व्यवस्था परिवर्तनका लागि जनआन्दोलन गर्ने पनि बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.