|

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले प्रस्ताव गरेको बजेट सरकारले बिना हिच्किचाहट विनियोजन गर्नुपर्ने बताएका छन्।

शुक्रवारको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले संसदले प्रस्ताव गरेको बजेटलाई सिलिङ तोकेर विनियोजन गर्न नहुने बताए।

उनले सरकारले आर्थिक अवस्थालाई ध्यान दिने हो भने पनि संसदसँग सल्लाह र छलफल गरेर सहमतिका आधारमा केही तलमाथि गर्न सकिने स्पष्ट पारे। 

उनले अरु सबै प्रक्रिया रोक्नसके पनि संसदीय प्रक्रियालाई रोक्न नमिल्ने भएकाले सरकारले संसद्को बजेट प्रस्तावअनुसार विनियोजन गर्नुपर्ने बताए।

उनले कर्मचारीहरुले बढी समय काम गरेको कुरालाई पारिश्रमिकमा नियन्त्रण गर्न नहुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.