|

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन्।

शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। उनले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताए। 

उनले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए। उनले आफूले कोशी, नारायणी, कर्णालीलगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेड्न सकिने कुरालाई अघि बढाएको स्मरण गरे।

उनले चितवनमा औद्योगिक क्षेत्रको सम्भावना पनि प्रचुर रहेको जिकिर गरे। उनले चितवनको विकासमा आफ्नो पार्टी सहयोग गर्न तत्पर रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.