|

जनकपुरधाम : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्र कमजोर हुनुमा कुनै पार्टी र विशेष मन्त्रीभन्दा पनि नीति र प्रक्रियाको दोष रहेको बताएका छन्।

आइतबार धनुषामा पार्टीको कार्यक्रममा सहभागी हुन नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम रहे पनि उनको सट्टामा आइपुगेका पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले जनकपुरधाम विमान स्थलमा संचारकर्मीसित कुरा गर्दै यस्तो बताएका हुन्।

आफूहरु देश र समस्याको निकास र जनताको विकासका लागि कुनै पनि सहकार्य गर्न तयार रहेको समेत उनले बताए। वर्तमान सत्ता गठबन्धन टिक्ने कुनै पनि आधारहरु नदेखिएको भन्दै गठबन्धनको अन्त्य निश्चित रहेको बताए।

राष्ट्रियसभा अध्यक्षमा कांग्रेसलाई रोक्न माओवादीसँग सहकार्य हुन लागेको हो? भन्ने प्रश्नमा उनले राजनीतिमा कुनै पनि अवस्था आउन सक्ने सम्भावना स्वाभाविक प्रक्रिया रहेको यद्यपि एमाले पदभन्दा पनि अहिलको समस्याको निकाशलाई प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा पार्टी अध्यक्ष ओली आउने तय रहेकाले नेता कार्यक्रताहरूले करिब दुई सय किलोको माला लिएर विमानस्थल पुगेका थिए। तर अन्तिम समयमा ओलीको आगमन रद्द भई पौडेल आएकाले सो मालाले पौडेललाई स्वागत गरे।

आइतबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनको लागि ओली आउने कार्यक्रम तय थियो।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले अध्यक्ष ओली आउने कार्यक्रम विशेष परिस्थितिमा स्थगित भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.