पुण्य गौतम र युवराज सफल पक्राउ

|

काठमाडौँ : शालीन पोखरेलको परिवारले पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएको छ।​ काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमको रिपोर्ट आएपछि आफन्तले असहमति जनाएका हुन्।

अस्पतालले शालीनको मृत्यु बलात्कार नभई झुन्डिएर भएको रिपोर्ट सार्वजनिक गरेपछि आफन्तहरूले त्रिवि शिक्षण अस्पताल पुगेर असहमति जनाएका हुन्।

१४ वर्षीया शालीन गत शनिवार चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

नातिनीले न्याय पाउनुपर्ने माग गरी काठमाडौँ आइपुगेकी शालीनकी हजुरआमाले आफ्नी नातिनीको बलात्कारपछि हत्या भएको भन्दै आत्महत्या हुन नसक्ने बताइन्।

सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘झुन्डिएको’ उल्लेख गरिएको छ। अस्पताल प्रशासनले शालीनको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई पठाए पनि परिवारले उक्त रिपोर्ट नपाएको दाबी गरेको छ।

बुवा-आमाले सम्बन्ध विच्छेद गरेपछि शालिन एक्लिएकी थिइन् । उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीका साथ बस्दै आएका छन्। आमा पनि पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।

पुण्य गौतम र युवराज सफल पक्राउ

आफन्तको प्रदर्शनमा भीड जम्मा गर्न पुगेका सामाजिक अभियन्ता पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन्। अनावश्यक भीड जम्मा गर्न खोजेपछि प्रहरीले दुबैजनालाई पक्राउ गरेकोहोछ। पोष्टमार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । 

पोखरेल मृत्यु प्रकरणमा उनीहरूलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए। दुवैलाई महाराजगञ्ज प्रहरीवृत्तको हिरासतमा राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.