|

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन्। 

प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या  र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्। 

सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । 

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.