|

काठमाडौं : नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज (सोमबार) चार जनाले मन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।

पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ। जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.