|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनकै घरमा पुगेका छन्। पत्नी आरजु राणा र नेता रमेश लेखकसहित देउवा केही बेरअघि नेपालको निवास कोटेश्वर पगेका हुन्।

नयाँ सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रयास गरिरहेका वेला देउवाले नेपाललाई भेटेका हुन्। 

आफूहरूसहितको गठबन्धन भंग गरेर प्रधानमन्त्रीले एमालेसहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको थियो।

भेटमा देउवाले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयास गर्ने बताइएको छ।

सोमबार साँझ नेपाललाई भेट्न उनकै निवास पुगेका दाहाल र ओली नेपाल गठबन्धनमा सहभागी हुनेमा विश्वसत रहेर फर्किएका थिए। यद्यपि नेपालले भने बुधबार बस्ने पार्टीको सचिवालय बैठकमार्फत् निर्णय गरी जानकारी दिने बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.