|

काठमाडौं : शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर प्रवेश गरेका छन्।

विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन्।

अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन्। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.