|

काठमाडौं : नेपथ्यले चैत ३ गते शनिबार बेलुकी इलामको सुर्योदय नगरपालिकामा लोकभाका गुञ्जाउँदै छ। नेपथ्यले आफूलाई प्रस्तुत गर्नलागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राइ अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक रहेको अनि अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए। यो मैदानमा वर्षेनी राष्ट्रिय स्तरकै फुटबल प्रतियोगीतासमेत आयोजना हुँदै आएको छ।

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफुलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ।’

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरुसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ। नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरुमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको छ।

करफोकको प्रस्तुति पनि केही महिनाअघि मात्र जापान र क्यानाडाका शृंखलाबद्ध भ्रमण सम्पन्न भएपछि र अब केहि समयमै युरोपको अर्को श्रृंखलावद्ध कन्सर्ट आयोजना हुनुको मध्यमा आयोजना गर्न लागिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.