|

काठमाडौँ : नेकपा(एमाले)की सांसद भगवती न्यौपानेले देशलाई सबै समस्याबाट मुक्त पार्दै समृद्धिको खाका कोर्न सत्ता समीकरण बदलिएको बताएकी छन्।

मंगलवार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद न्यौपानेले विगतको गठबन्धनले देशको समस्यालाई सम्बोधन गर्न नसकेका कारण नयाँ गठबन्धन बनाउनुपरेको बताइन्।

उनले विगतको गठबन्धन विचारको निकटताको आधारमा नभएकाले विचारको निकटता हुनेहरूको गठबन्धन बनाउनुपर्ने दबाव रहेको बताइन्। उनले देशमा समृद्धिको खाका कोर्न सत्ता समीकरण बदलिएको बताइन्।

न्यौपानेले भनिन्, ‘यसअघि अर्कै गठबन्धन थियो। त्यो गठबन्धनले देशका समस्या सम्बोधन गर्न सकेन। जनतालाई खुशी दिन सकेन। त्यसैले देश दिन, प्रतिदिन संकटमा फस्दै गयो। त्यो समीकरण, गठबन्धन बिचारको निकटताको आधारमा भएको गठबन्धन थिएन। त्यसैले अब यो देशलाई सबै समस्याबाट मुक्त पार्नुपर्नेछ, त्यसको निम्ति देशमा समृद्धिको खाका कोर्नुपर्ने छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.