|

काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कला क्षेत्रलाई अवहेलना गरिएको गुनासो गरेका छन्।

बिहीवार सातौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा उनले यस्तो गुनासो गरेका हुन्। उनले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताए। 

उनले कलाकारलाई देशको गहना भन्ने गरिए पनि यथार्थमा फिल्म क्षेत्रलाई अघि बढाउन सहयोग नभएको आरोप लगाए। उनले निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको पनि बताए।

‘हाम्रो देशमा सिनेमा क्षेत्र, कला क्षेत्र असाध्यै अवहेलित छ। भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ‚ यथार्थमा यो क्षेत्रलाई अघि लैजान त्यति सहयोग भएको देखिएन‚’ उनले भने।

अध्यक्ष केसीले नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताए।

उनले भने‚ ‘बडो दुःखका साथ भन्नुपर्छ। बोर्डले सकेको, क्षमताअनुसारको रकम सहयोग गर्दै आएको छ‚ त्यो पर्याप्त होइन। सरकारले नै वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर छुट्टै बजेट देओस् भन्ने मेरो पनि माग छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.