|
फाइल फोटो

काठमाडौं : नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले सहकारी समस्या समाधानका लागि अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। 

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न माग गरेका हुन्। त्यस्तै सहकारीको वर्गीकरण र सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्ने पनि बताए।

उनले ऋणीहरूको अध्ययन गर्नुपर्ने, ऋण फर्काउनैपर्ने बाध्यकारी प्रबन्ध र आन्दोलन बुझेको नियामक निकाय निर्माण गरेमा समस्या समाधान हुने बताए। उनले कानुनको संशोधन गर्न पनि आवश्यक रहेको बताए। उनले राज्यले समयानुकूल कानुनको प्रबन्ध गर्न नसक्दा र नियामक निकाय गैरजिम्मेदार बनाउँदा अहिले सहकारीमा समस्या देखा परेका बताए।

‘राज्यले समयानुकूल कानुनको प्रबन्ध गर्न नसक्दा, नियामक निकाय गैरजिम्मेदार बनिदिँदा, नियामक निकायमा सहकारी आन्दोलन नबुझेका र बुझ्न नचाहने पदाधिकारीहरु राज्यले पठाइदिँदा, विभिन्न बेला राजनीतिक हस्तक्षेप भइदिँदा समस्या आएको छ । हुनेखानेहरुले र गैरजिम्मेवार नियामक निकायहरूले मिलेरै सहकारी, सहअस्तित्व र जीवनको गर्जो टार्ने व्यवसायिकतालाई हुनेखाने मालिकहरुले नक्कल गरे । र कारोबार, व्यापार, पुँजी लुकाउने र कालो धनलाई सेतो बनाउने धन्दा गरे ।’ उनले भने, ’त्यसैले सहकारी आन्दोलन आज समस्यामा छ । सामाजिक सहकारीमा समस्या कमै छ । तर धन्दाका लागि खोलिएको सहकारीले सिर्जना गरेको समस्यामा आज आम सहकारी आन्दोलन घाइते बनेको छ । त्यसैले यो आन्दोलनलाई संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानविन आयोग बनाउनुपर्छ र जिम्मेवारपूर्वक खोजी गर्नुपर्छ । म सरकारलाई आग्रह गर्न चाहन्छु, तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔँ ।’ 

उनले राजनीतिक हस्तक्षेपका कारण पनि सहकारीमा समस्या देखा परेका बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.