|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बनाउन लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको बताएका हुन्। उनले योसँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिने बताए।

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यो विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने काम सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे।

प्रधानमन्त्रीले भने, ‘पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रूपान्तरण गर्न कूटनीतिक पहल गरिएको छ। यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्यक समन्वय गरिनेछ।’

प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको जानकारी दिए। उनले समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्चालन तथा अन्तरराष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.