|
फाइल तस्बिर

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको मूल्य सूची सार्वजनिक गरेको छ। विकास केन्द्रले विद्यालय तह कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको मूल्यअनुसार नै तोकिएको जनाएको छ।

विकास केन्द्रले भनेको छ, ‘२०८१ मा लागू हुने कक्षा १ देखि १० सम्मका चार रङका पाठ्यपुस्तक र कक्षा ११ देखि १२ सम्मका पाठ्यपुस्तक (संस्कृत धारसमेत) को विषयगत पृष्ठ सङ्ख्या र मूल्यको विवरण दिइएको छ, सोहीअनुरूप गर्नु गराउनुहुन जानकारी गराइन्छ।’

पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी कुन्ती अधिकारीका अनुसार उक्त मूल्यअनुसार सामुदायिक विद्यालयका लागि स्थानीय तहले बजेट उपलब्ध गराउनुपर्ने छ। 

यस्तो छ कक्षाअनुसार मूल्य सूची

कक्षा १ देखि ३ सम्मको हकमा प्रति पेज ०.६० रूपैयाँ तोकिएको छ। कक्षा १ को मेरो नेपाली १०८ रूपैयाँ, मेरो अङ्ग्रेजी १५३ रूपैयाँ, मेरो गणित १२२ रूपैयाँ, हाम्रो सेरोफेरो १३६ रूपैयाँ (स्थानीय भाषाबाहेक) को जम्मा मूल्य ५२० रूपैयाँ तोकिएको छ।

कक्षा २ मा मेरो नेपाली विषयको ११७.६ रूपैयाँ, मेरो अङ्ग्रेजी १४१.६ रूपैयाँ, मेरो गणित १५६ रूपैयाँ, हाम्रो सेरोफेरो १४१.६ रूपैयाँ गरि मातृभाषा स्थानीय विषयबाहेक जम्मा मूल्य ५५६ रूपैयाँ तोकिएको छ।

कक्षा ३ को हकमा मेरो नेपाली प्रति १२७.२ रूपैयाँ, मेरो अङ्ग्रेजी १५१.२ रूपैयाँ, मेरो गणित १६०.८ रूपैयाँ, हाम्रो सेरोफेरो १४१.६ रूपैयाँ मूल्य तोकिएको छ। स्थानीय विषयबाहेकको जम्मा मूल्य ५८०.८ रूपैयाँ रहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

कक्षा ४ देखि १० सम्म प्रति पेज ०.५५ रूपैयाँ तोकिएको छ। कक्षा ४ को हकमा नेपाली ८८ रूपैयाँ, अङ्ग्रेजी ११८.८० रूपैयाँ, गणित १२९.८० रूपैयाँ, विज्ञान तथा प्रविधि विषयको ९९ रूपैयाँ, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा ८३.६० रूपैयाँ, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ७७ रूपैयाँ गरी (स्थानीय विषयबाहेकको) जम्मा मूल्य ५९६.२० रूपैयाँ तोकिएको छ।

त्यस्तै, कक्षा ५ को हकमा मेरो नेपाली १०२.३० रूपैयाँ, मेरो अङ्ग्रेजी ११८.८० रूपैयाँ, मेरो गणित १२७.६० रूपैयाँ, विज्ञान तथा प्रविधि १०७.८० रूपैयाँ, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा ८८ रूपैयाँ, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ८८ रूपैयाँ गरि (स्थानीय विषयबाहेक) जम्मा मूल्य ६३२.५० रूपैयाँ तोकिएको छ।

कक्षा ६ को हकमा नेपाली विषयको ११५.५ रूपैयाँ, अङ्ग्रेजी ११२.२ रूपैयाँ, गणित १३४.२ रूपैयाँ, विज्ञान तथा प्रविधि विषयको १२९.८ रूपैयाँ, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा १२१ रूपैयाँ, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ९४.६ रूपैयाँ गरि  स्थानीय विषयबाहेकको जम्मा मूल्य ७०७.३ रूपैयाँ तोकिएको छ।

कक्षा ७ को हकमा नेपाली विषय ११४.४ रूपैयाँ, अङ्ग्रेजी १२७.६ रूपैयाँ, गणित १६०.६ रूपैयाँ, विज्ञान तथा प्रविधि १४५.२ रूपैयाँ, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा ११० रूपैयाँ, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला ९०.२ रूपैयाँ गरि स्थानीय विषयबाहेकको जम्मा मूल्य ७४८ रूपैयाँ तोकिएको छ।

कक्षा ८ को हकमा नेपाली ११५.५ रूपैयाँ, अङ्ग्रेजी १४६.३० रूपैयाँ, गणित १८५.९ रूपैयाँ, विज्ञान तथा प्रविधि १८७ रूपैयाँ, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा ११८.८० रूपैयाँ, स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला १२५.४० रूपैयाँ गरि स्थानीय विषयबाहेकको जम्मा मूल्य ८७८.९ रूपैयाँ तोकिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

यस्तै, कक्षा ९ को हकमा नेपाली विषयको १०१.२ रूपैयाँ, अङ्ग्रेजी १३८.६ रूपैयाँ, गणित २१३.४, विज्ञान तथा प्रविधि १७०.५ रूपैयाँ, सामाजिक अध्ययन १४४.१ रूपैयाँ गरि यी अनिवार्य विषयको जम्मा ७६७.८ रूपैयाँ तोकिएको छ। 

कक्षा १० को हकमा नेपाली १४१.९० रूपैयाँ, अङ्ग्रेजी १७३.८० रूपैयाँ, गणित १७३.८० रूपैयाँ, विज्ञान तथा प्रविधि २५७.४० रूपैयाँ, सामाजिक अध्ययन १७६ रूपैयाँ गरि यी अनिवार्य विषयको जम्मा ९२२ रुपैया तोकिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ। 

कक्षा ११ र १२ मा प्रति पेज ०.३६ रूपैयाँ तोकिएको छ। कक्षा ११ मा नेपाली ६७‍.६८ रूपैयाँ, अङ्ग्रेजी १२३.८४ रूपैयाँ, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा ७७.७६ रूपैयाँ गरि (अनिवार्य तीन विषय)को जम्मा २६९.२८ रूपैयाँ मूल्य तोकिएको छ। 

कक्षा १२ को हकमा नेपाली ७०.५६ रूपैयाँ, अङ्ग्रेजी ११२.३२ रूपैयाँ, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा १३३.२० रूपैयाँ गरि (अनिवार्य तीन विषय)को जम्मा ३१६.०८ रूपैयाँ मूल्य तोकिएको विकास केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.