|

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले ठाडो उजुरीका भरमा संसद् अवरुद्ध गरी आफ्नो राजिनामा मागेको भन्दै आपत्ति जनाएका छन्। मंगलवार संसद्‍भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणीसमेत गरे।

उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए। उनले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए। 

चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे। उनले भने,  'नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ?’

उनले भने, ‘मैले केही भन्नै पर्दैन। कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ जस्तो लागेको थियो तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.