|

काठमाडौँ : नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले राजस्व चुहावट रोक्नका लागि राजस्व प्रशासनको पारदर्शिता आवश्यक रहेको बताएका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले प्रक्षेपण गरेको जति राजस्व उठ्न नसकेको बताए। उनले सीमा नाकामा पारदर्शिता नभएको, मूल नाकाभन्दा बाहिरबाट सामान आयात निर्यात भएको बताए। उनले भन्सार तोकिएका वस्तुहरूको मूल्य फरक हुनुले पनि कतिपय ठाउँमा समस्या आइरहेको उल्लेख गरे।

उनले भने, ‘सरकारले प्रक्षेपण गरेको लक्षित राजस्व संकलन आजका मितिमा त्योभन्दा १ खर्ब २० अर्बभन्दा कम उठेको छ। यो विधेयकले कानून बनेपछि त्यसलाई अन्त्य गर्ने विश्वास व्यक्त गर्न सकिन्छ। नाकाहरूमा पारदर्शिता छैन। मूल नाकाभन्दा बाहिरबाट सामान आयात निर्यात भएको छ। भन्सार तोकिएका वस्तुहरूको मूल्य फरक छ।’

उनले राजस्वलाई देश निर्माणको आधार बनाउन आवश्यक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.