|

काठमाडौं : पछिल्लो तीन घण्टामा मधेशको सिराहास्थित मिर्चैयामा २९.६ मिलिमिटर वर्षा भएको छ।  मधेशका अन्य स्थानमा २ देखि ५ मिलिमिटर पानी परेको छ। 

बागमती प्रदेशमा दिउँसो बदली र हुस्सुसँगै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थायीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आगामी शुक्रबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। 

काठमाडौं उपत्यकाको मौसम दिनैभर धुम्मिइरहने सम्भावना छ। काठमाडौंको न्यूनतम तापक्रम भने ह्वात्तै बढेको छ। मौसमवद् झाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ। 

दिउँसो अधिकतम तापक्रम घट्ने सम्भावना रहेको उनले बताए । यसअघि २९ डिग्री सेल्सियससम्म पुगेको अधिकतम तापक्रम आज २० डिग्री सेल्सियसम्म ओर्लिनसक्ने अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.