|

कांग्रेस : नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठेरो पर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१÷०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएका बताएका हुन्।

उनले सहकारीहरुलाई निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताए। उनले स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने बताए।

उनले भने, ‘सहकारीमा के भयो भनेर निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ। पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ। त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ।'

सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.