|

काठमाडौँ : सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको आजदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। 

बयानका लागि आज सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराइएका महराको भोलि पनि बयान जारी रहने सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए। यसअघिका भिभिआइपीकै अनुशरण गरेर महरा प्रहरी हिरासतमा नबसी सिधै नर्भिक अस्पताल भर्ना भएका छन्। 

उनी आज बिहान बयानका लागि अस्पतालबाट डिस्चार्ज भएर निस्किएका थिए भने आजको बयान सकेर पुन नर्भिक अस्पतालमै भर्ना हुन पुगेका छन्।

काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि पाएको चार दिनको अनुमति भोलि सकिँदैछ। महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.