|

बैतडी : जिल्लामा काेदालाे प्रहारबाट ३ जना गम्भीर घाइते भएका  छन्।

डिलाशैनी गाउँपालिका ७ धामीगाउँका  ६२  वर्षीय किसनसिंह धामीकाे काेदालाे प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती  पार्वती धामी,   दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत  २९ सुभाष कलाैनी र  डिलाशैनी गाउँपालिकामा कार्यालय सहयाेगीका रूपमा कार्यरत  २६  वर्षीय देवराज भट्ट घाइते भएका छन्। 

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई काेदालाे प्रहार गरेकाे र त्यसपछि उनकै घरमा डेरा गरि बसिरहेका कलाैनी र भट्टमाथि पनि काेदालाे प्रहार भएकाे बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

घाइते तिनै जनाकाे अहिले स्थानीय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ। उनीहरूकाे अवस्था गम्भीर रहेकाेले  थप उपचारको लागि नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएकाे प्रहरी नायव उपरीक्षक गिरीले बताए।

काेदालाे प्रहार किन गरे भन्ने बारे खुल्न सकेकाे छैन्। काेदालाे प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टाेली घटनास्थलतर्फ गएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.