|

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न आइटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले गत आवमा मात्रै ७६ अर्ब बराबरको सफ्टवेयर निर्यात भएको अवस्था रहेको भन्दै आइटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनले युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउने बताए।

अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था रहेको बताए। त्यसैअनुसार सरकारले युवालाई आइटीमा लगानी गर्ने योजना रहेको उनले बताए। अर्थमन्त्री पुनले वार्षिक १० हजारभन्दा बढी नेपाली युवा आइटीमा काम गरिरहेको पनि दाबी गरे।

उनले आइटी क्षेत्रले युवा विदेश पलायन रोक्ने र देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोधबिना स्वतन्त्र रूपमा निर्यात गर्नसक्ने भएकाले प्रमुख प्राथमिकतामा सरकारले राखेको उल्लेख गरे।

मन्त्री पुनले भने, ‘गत आर्थिक वर्ष ७६ मा अर्ब बराबरको सफ्टवेयर निर्यात भएको छ। आगामी पाँच वर्षमा हामी ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्नसक्ने अवस्था छ। वार्षिक १० हजार युवा प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको रूपमा आइरहेका छन्। युवा विदेश पलायनको डरलाग्दो अवस्था रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र कुनै अवरोधबिना स्वतन्त्र रूपमा निर्यात गर्नसक्ने प्रविधिको क्षेत्रलाई प्राथमिकतामा सरकारले राखेको छ। बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको छ।’

उनले सरकारले आइटी क्षेत्र बाहेक अन्य कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्य न्यूनतम दायित्वको रूपमा राज्यले प्राथमिकता दिए समानुकूल सुधार गर्ने काम गर्ने बताए।

उनले स्वास्थ्य शिक्षा सुधारका लागि विश्वविद्यालयको उपकुलपति राजनीतिक भागबण्डाभन्दा पनि प्रतिस्पर्धाबाट नियुक्तिको शुरुवात गरिएको बताए। उनले बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.