काठमाडौं : बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। गएराति जयपृथ्वी नगरपालिका-६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइते अन्यको अवस्था सामान्य छ।
ज्यान गुमाएका सिंहको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।