|

काठमाडौँ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

शनिवार पुनर्गठन गरिएको मन्त्रिपरिषद्‍ मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानूनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गरेका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन्।

नवनियुक्त मन्त्रीहरुलाई शनिवार नै प्रदेश प्रमुख सुमित्रा भण्डारी भण्डारीले शपथ ग्रहण गराइन्। मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन्।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफैसँगै राखेका छन्। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.