|

काठमाडौँ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूसँग भ्रष्टाचारीको फाइल भएको बताएका छन्। 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा लामिछानेले भ्रष्टाचारीलाई माछाको विम्ब दिँदै समात्ने क्रममा कतिपय माछा चिप्ला भएकाले समात्न नसकिने र बाठा माछा लुकिहाल्ने गरेको बताए। 

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूसँग नैतिकताको प्रश्न गर्न नसुहाउने पनि बताए। सहकारी ठगीको विषयमा आफूलाई जवाफ दिन नदिएको कांग्रेसले यसअघिको सरकारमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिलाई नै मन्त्री बनाएको भन्दै आफूतर्फ हेर्न उनले सुझाव दिए।

'चिर्कटो उजुरीमा राजीनामा माग्ने कांग्रेस अख्तियारमा बयान दिने मन्त्री बोकेर हिँडेको थियो', लामिछानेले भने। सहकारीका विषयमा कांग्रेससँग खुला रुपमा बहस गर्न आफू तयार रहेको पनि उनले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.