|

काठमाडौं : बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी दुई दिने नेपाल भ्रमण पुरा गरी  स्वदेश फर्केका छन्।

उनी नेतृत्वको ९ सदस्यीय प्रतिनिधिमण्डल आइतबार मध्याह्न जहाजमार्फत काठमाडौँबाट सिधै ढाका प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालसँग पारवहनका लागि आवश्यक छलफल गर्न उनी शनिबार बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काँकडभिट्टाको स्थल मार्ग हुँदै काठमाडौँ आएका थिए। 

पारवहनमन्त्री चौधरीले शनिबार बेलुकी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेर रात्रिभोजमा समेत सहभागी भएका परराष्ट्र मन्त्रालय अन्तर्गतको दक्षिण एसिया महाशाखाले थाहा खबरलाई जानकारी दिएको छ। 

उनीहरूबीच बंगलादेशबाट पूर्वीनाका काँकडभिट्टा हुँदै सिधै नेपाल भित्रिने सवारीलगायतका विषयमा छलफल भएको जनाइएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.