विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राम्रो संस्कार बढाउने र कुसंस्कृति हटाउँदै जानुपर्नेमा जोड दिएका छन्। किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले यस्तो बताएका हुन्।
‘काम गर्दै जाँदा हरेस नखाई अघि बढ्नुपर्छ‚ एकदिन सफता मिल्छ, राम्रो संस्कार बढाउनुपर्छ, कुसंस्कार हटाउनुपर्छ’, प्रदेश प्रमुख खापुङले भने, ‘हाम्रो संस्कृति बलियो छ, यसलाई बलियो बनाउन सबै लाग्नुपर्छ।’ संस्कृति र संस्कार बलियो बनाउन सबै खाले पुस्तालाई समेट्न जरुरी रहेको उनको भनाइ छ।
यसैगरी पूर्वमन्त्री भवानी खापुङले सामाजिक संघ, संस्था स्वयंसेवक संस्था रहेको र स्वयंसेवकको रूपमा काम गर्नुपर्नेमा जोड दिए। समाज र संस्थालाई समय दिन सके आफ्नो पहिचान कायम रहने चर्चा गर्दै उनले संस्था बलियो बनाउन सके आफ्नो पहिचान स्थापित हुने बताए। पछिल्लो समय राजनीतिक क्षेत्र बिग्रिदै गएको र यसलाई सपार्नु भूमिका खेल्नुपर्नेमा जोड दिए।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले शिक्षा क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए।
उनले संस्थाका लक्ष्य निर्धारण गर्नुपर्ने र नीति तथा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा धाननाच र च्याब्रुङनाच प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङलाई विशिष्ट सम्मान गरिएको छ। यसैगरी नरेश खापुङ (ब्रिटिश आर्मी), कैलास खापुङ (इन्स्पेक्टर, नेपाल प्रहरी), अञ्जली खापुङ (अधिकृत)‚ डा. मचिन्द्र खापुङ (चिकित्सक),सेसेहाङ खापुङ (न्यायाधीश), बुद्धि खापुङ (इण्डियन आर्मी), खगेन्द्र खापुङ (इण्डियन आर्मी), टंक खापुङ‚ अस्मिता खापुङ, मीरा खापुङ, हाङसामा खापुङ, निर्पा खापुङ, सौजन खापुङ, माया खापुङ, पुकार खापुङ, प्रियनारायण खापुङ‚ सुम्निमा खापुङ लगायत सम्मानित भए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।