काठमाडौं : वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्। उनले २८ बलमा ५२ रन बनाएका हुन्।
यसअघि टस हारेर पहिला ब्याटिङमा आएको वेष्टइण्डिज ए ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। वेष्टइण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।