|

काठमाडौँ : विश्वचर्चित ८ कलाकारले यतिवेला नेपालमा कलामार्फत ‘अनिच्च’ शब्दको सार बुझाइरहेका छन्। बौद्धस्थित लिच्छवि हाउसमा आयोजित कला प्रदर्शनीमा विभिन्न पृष्ठभूमिबाट आएका कलाकारले अनिच्चको भाव प्रस्तुत गरिरहेका छन्। यो शब्दको अर्थ हुन्छ- अस्थायी जीवनको हिस्सा।

प्रदर्शनीमा फोटोग्राफी, चित्रकला, भिडियो र अन्तक्रियात्मक शत्र चलिरहेको छ। विश्वचर्चित फिल्म निर्देशक, लेखक तथा बौद्ध गुरु खिन्से नोर्बु कला प्रदर्शनीमा सहभागी छन्। उनी निर्देशित ‘हेमा हेमा’, ‘डाकिनी’, ‘पिग एट द क्रसिङ’ लगायत फिल्म प्रशिद्ध छन्।

“कुनै समय बाँझो मैदान रहेको ठाउँमा पुराना भवनका भग्नावशेष पन्छाएर जग बसालिएको लिच्छवि हाउस अहिले रुपान्तरणको अवस्थामा छ। जहाँ चाँडै अब समकालीन संस्कृतिको केन्द्र बन्दैछ”, उनले भने।

लिच्छवि हाउसकी कार्यक्रम प्रमुख टारीरत्न प्रधानले सबै कलाकारको अनुपम कलाशैली देखाउन पाउँदा आफूहरु उत्साहित भएको प्रतिक्रिया दिइन्। 

उनका अनुसार प्रदर्शनीमा फ्रान्सका चर्वेई साई, बेलायतका लुसिन्डा कामेन, पूर्वबाट ड्यालाइस्ट र भ्रमादेव पुष्पा, भुटानका कर्मा वाङ्चुक, भारतकी गौरी गिल र नेपालकी महिमा सिंहले कला प्रस्तुति दिइरहेका छन्।

“सिर्जनात्मक चेतले परम्परागत सीमा तोडेर फिल्म, फेशन र श्रव्यदृश्य कलामा रोमाञ्चक कथा सिर्जना गर्छन् जसले दर्शकको चाखलाई गहिरोसँग प्रतिविम्बित गर्छ”, कार्यक्रम प्रमुख प्रधानले बताइन्। चैत ११ गते शुरू प्रदर्शनी १७ गतेसम्म चल्ने आयोजकले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.