|
तस्विर-गोरखापत्र

काठमाडौं : नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइ-उड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा  छन्। 

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, मुलुकबाट आयात निर्यात दुवै घटिरहेका वेला ती वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा पाँच वस्तुको माग उच्च रहेकाले पनि निर्यातमा वृद्धि भएको हो। केन्द्रको तथ्याङ्क अनुसार आठ महिनामा ती वस्तुको निर्यात २५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको भएको तथ्याङ्कले देखाएको छ। 

केन्द्रको तथ्यांक अनुसार आठ महिनामा नेपालबाट सबैभन्दा धेरै आइरन तथा स्टिलका उत्पादन ७४ प्रतिशतले बढेर ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। गत वर्षको यही अवधिमा आइरन तथा स्टिलको निर्यात छ अर्ब ६७ करोड ३० लाख रुपैयाँ बराबरको भएको थियो। 

यस्तै आठ महिनामा मुलुकबाट प्लाइ-उडको निर्यात ९१ प्रतिशतले बढेर चार अर्ब ९३ करोड ९८ लाख ४८ हजार रुपैयाँ बराबरको आयात भएको छ। 

गत वर्ष यही अवधिमा दुई अर्ब ५८ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। प्लाइ-उड छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ। भारतमा प्लाइउडको माग उच्च भएकाले निर्यातमा समेत उल्लेख्य वृद्धि भएको हो। नेपालको प्लाइ-उड उच्च गुणस्तरको हुने भएकाले नि भारतमा बढी आउने गरेको व्यवसायीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.