|

काठमाडौ :  ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ।

फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको थियो। 

हाइकिङ गर्दा शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य हुनुको साथै मुडफ्रेस हुने गएको ट्रान्क्युलिटी स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए। 

हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए। सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए। 

हाइकिङको क्रममा ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सुन्दै सहभागीले मनोरञ्जन लिएका थिए।  एक दिन भएपनि आफना ग्राहकलाई प्रकृृतिको मज्जा दिनका लागि वार्षिक कार्यक्रम अन्तरत हाइकिङ कार्यक्रम गरिएको ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले बताए। 

राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरुबिच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो। प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.