|

काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले गरिरहेका विकास निर्माणका काम चित्तबुझ्दो नभए एक्शनमा जाने बताएका छन्।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले सेनाले काम गरिरहेका केही आयोजनाहरुको आफूले निरीक्षण गरेको र अब काम ढिला नगर्न विभिन्न उपायहरु दिएको भन्दै अब पनि काम तरिकाअनुसार हुन नसके आफू एक्शनमा जाने बताए। 

उनले सेनालाई स्थानीय निकायको गिटी बालुवा बेचबिखनका केही समस्या रहेकाले पनि काममा ढिलाइ भइरहेको जानकारी आफूले पाएको बताए। उनले काम गर्दै जाँदा गाउँ नै बग्ने समस्याहरु आएका कारण पनि काममा केही ढिलाइ हुन गएको बताए। 

उनले त्यही खर्चमा स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएकाले पनि विकास निर्माणका काममा केही ढिलाइ भएको बताए। विकास निर्माणमा अब अवरोध हुने/गर्ने छुट आफूहरुलाई नरहेको उनले बताए।

‘तत्कालीन अवस्थामा केही अनुगमन मैले गरेँ। चित्तबुझ्दो भएन भने मैले तरिका पनि सिकाएको छु र तरिकाअनुसार भएन भने एक्शनमा पनि म जानेछु। स्थानीय निकायको गिटी बालुवा बेचबिखनको कुरा रहेछ, त्यसको टेण्डरले पनि सेनाको काममा असर गरेको रहेछ‚’ उनले भने, ‘अर्को काम गर्दै गयो, माथिबाट बग्ने, जस्तो गाउँ नै बग्ने अवस्था पनि सिर्जना हुँदो रहेछ।’

सेनालाई विकास निर्माणका काममा नदीजन्य पदार्थले अवरोध गरेको हो भने स्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्ने बताए। उनले व्यापारीको कन्टेनरको पछि फास्ट ट्रयाकका इक्विपमेण्टहरु लगेर फास्ट ट्रयाक बन्न नसक्ने बताए।

‘स्लोपिङमा, स्लोपिङको बाटोको ठाउँमा सुरुङ मार्ग बनाउनुपर्ने स्थिति सिर्जना भएको छ। त्यसले गर्दा पनि काम ढिला भएको छ‚’ उनले भने‚ ‘विकास निर्माणमा अब अवरोध हुने/गर्ने, ढिलासुस्ती गर्ने छुट हामीलाई छैन‚ सेनाले गरोस् वा कुनै निकायले। फास्ट ट्रयाकको बारेमा पनि नदीजन्य पदार्थले अवरोध गर्छ भने स्थानीय सरकारको नियमअनुसार चल्नुपर्छ भने आफ्नो किसिमले क्रसर राख्न सक्नुहुन्छ भनेको छु।’

मन्त्री उप्रेतीले ‘बरु भुसको रोटी खान्छु तर देश बनाउँछु’ भन्ने प्रतिबद्धतासहित लाग्ने हो भने देश बन्न समय नलाग्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.