|

काठमाडौं : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्। उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन्।

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले राजीनामा पत्रमा आफूले पदमा रहँदा इमान्दार भएर कर्तव्य निर्वाह गरेको उल्लेख गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छन्।

अर्याल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.