|

दैलेख : दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिवार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो।

चट्याङ्ग लागेर गम्भीर घाइते भएपछि उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख दीपक मगराठीले बताए।  

चट्याङ्ग लागेर एक बोका समेत मरेको जनाइएको छ। दैलेखमा दिउँसो करिब ४ बजेतिर हावाहुरीसहित वर्षा भएको थियो। त्यही समयमा चट्याङ परेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.