सिरियाका लागि इरानी राजदूत होसेन अकबरीले सोमवार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने प्रतिक्रिया दिएका छन्।
इरानी दुतावासको वाणिज्य दुतावास भवनमा इजरायली मिसाइल हमलापछि अकबरीले आक्रमणमा आफ्ना सात सहकर्मीको ज्यान जानुका साथै दुई इरानी दूतावासका गार्ड घाइते भएका छन् । इजरायलले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लंघन गरेको उनले बताए।
यी कानूनहरू लागू गर्न खोज्ने अन्तर्राष्ट्रिय संस्थाहरूले कहिले कारबाही गर्ने भन्ने उनको प्रश्न थियो । इरानी राजदुतले इरानले इजरायलको कार्यलाई अनुत्तरित हुन नदिने र समान शक्तिका साथ छिटै नै जवाफ दिने चेतावनी दिए। मिसाइल हमलापछि घटनास्थलमा पुगेका सिरियाका विदेशमन्त्री फैसल मेकदादले घटनालाई अनुचित भन्दै निन्दा गरे ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।