|

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तत्कालीन सैन्य कमाण्डर कालीबहादुर खाम काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका छन्। 

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई केही बेरअघि पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले थाहाखबरलाई जानकारी दिए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाम कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोपी हुन्। उनलाई व्यक्ति बन्धक तथा अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

श्रेष्ठको हत्या कसुरमा उनी फरार रहँदै आएका थिए। सो प्रकरणमा यसअघि पक्राउ परेका लडाकु कमाण्डर गोविन्दबहादुर बटालापछि रिहा भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.