|

काठमाडौँ : वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन्। 

केदार चौधरीले युके पठाइदिने भन्दै ३०र३५ जना व्यक्तिबाट नौ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुयाई पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए।

त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै सात लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए।

उनीहरुलाई सोमबार पक्राउ गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि  वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरी उपरिक्षक पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.