|

काठमाडौं : आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा नेपाल २१ रनले पराजित भएको छ।  

अनुभवी ब्याटर नचल्दा आयरल्याण्ड ‘ए’ले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन। नेपाल ‘ए’को टोली २५ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ३६ रनमा समेटियो। 

नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए। साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए। नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
    
आयरल्याण्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए। जितसँगै तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले अग्रता लिएको छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ३८ दशमलव तीन ओभरमा अलआउट हुँदा एक सय ५७ रनमात्रै बनाउन सक्यो। सुरुवातदेखि दबाब महसुस गरेको आयरल्याण्ड ‘ए’ले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो। उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो। ​

आयरल्याण्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले। उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए। कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए। त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२÷१२ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन्।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई÷दुई विकेट लिए। साथै रिजन ढकालले एक विकेट लिए। 

शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ। नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.