|

काठमाडौँ : न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले सर्वोच्च अलादलको इजालसमै शंकास्पद वस्तु खाएपछि उनलाई अहिले अस्पताल लगिएको छ।

आरतीले बहस चलिरहेकै अवस्थामा शंस्कापद वस्तु खाएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।

त्यसपछि उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल लगिएको उनले बताए। आरतीदले यसअघि सर्वोच्च अदालत परिसरभित्रै आत्मदाहको प्रयास गरेकी थिइन्।

आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको आरोपमा मुद्दा दिएकी छिन्। सोही मुद्दामा आज सुनुवाइ भइरहेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.