|

काठमाडौं : आईडब्लूएफ वर्ल्डकप-२०२४ प्रतिस्पर्धामा सहभागी हुने नेपाली भारोत्तोलन खेलाडी आइतबार थाइल्याण्ड प्रस्थान गर्ने भएका छन्। 

खेलाडी सागर भण्डारी,  प्रशिक्षक जीवन गौतम र व्यवस्थापक नेपाल भारोत्तोलन संघका सदस्य रामसुन्दर श्रेष्ठ ‘सुशन’को टोली थाइल्याण्डको फुकेट जान लागेको हो।  

मार्च ३१ मा शुरु भएको प्रतियोगितामा भण्डारीले पुरुष १०९ केजी माथि तौल समूहमा अप्रिल ११ मा खेल्नेछन्। यसअघि एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपअन्तर्गत क्लिन एण्ड जर्कमा उनले १७१ केजीको भारवहन गरी राष्ट्रिय कीर्तिमान राखेका छन्। 

प्रतियोगितामा सहभागी हुने तीन सदस्यीय टोलीलाई बुधबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी मुख्यालयमा कार्यक्रम गरी विदाइ गरियो। कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री जीवनराम श्रेष्ठले भण्डारीलाई सफलताको शुभकामना दिए। 

कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, डा. ज्ञानेन्द्र शाह, नेपाल फेन्शिङ संघका महासचिव एवं कमिटीका कार्यकारी सचीव सुजनलाल श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस लगायत सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.