|

काठमाडौं : आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र साङ्ग्रिला मोरङ एफए भिड्ने भएका छन्।

शहीद रंगशालामा बिहीबार बेलुकी सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई १-० ले पन्छाउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो। 

मच्छिन्द्रको जितमा आयुष घलान नायक बने। प्लेयर अफ दी म्याच बनेका उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन्।

सशस्त्र प्रहरी बलको  विभागीय टोली एपीएफलाई बुधबार सडन डेथमा पराजित गर्दै मोरङ फाइनलमा पुगेको थियो।

विजेता टोलीले ट्रफीसहित ११ लाख र उपविजेताले पाँच  लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ। 

उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.