काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरु संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रवार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रक्षामन्त्री उप्रेतीले पुराना नियमहरुको आधारमा काम गरेर फास्ट ट्रयाक बन्न नसक्ने बताएका हुन्।
उनले पुराना नियमहरुलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए। उनले समयमै फास्ट ट्रयाक निर्माण सम्पन्न गर्न सरोकारवाला मन्त्रालयहरुले आवश्यकताअनुसार सुधार गर्नुपर्ने बताए।
उनले फास्ट ट्रयाक निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको बताए। उनले अबको २/३ महिनामा सुरुङमार्गको ब्रेक थ्रु हुने बताए।
मन्त्री उप्रेतीले नेपाली सेनाले गरेको काम हेरेर आफूलाई सेनाले आधुनिक नेपाल निर्माण गर्छ भन्ने कुराको उत्साह जागेको पनि बताए। उनले सेनाको जनशक्ति र उपकरणको उपलब्धताको तुलनामा सडकमा न्यून बजेट विनियोजन हुँदा सेनाले आफ्नो क्षमताको पूर्ण सदुपयोग गर्न नसकेको बताए।
‘अब २/३ महिनामा सुरुङमार्ग ब्रेक थ्रु हुने द्रुत गतिमा काम भइरहेको छ। नेपाली सेनाले आधुनिक नेपाल निर्माण गर्छ भन्ने तरिकाले काम भइरहेको छ। हामीले त्यसको लागि कहाँ अल्झियो? हाम्रा नीति, नियममार्फत नियमन गर्नसक्यौँ र विशेष व्यवस्था गर्न सक्यौँ भने अब काम रोकिने अवस्थामा छैन‚’ उनले भने‚ ‘ति पुरातन नियमहरु, २००७ सालतिर बनेका नियमहरुले अहिले फास्टट्रयाक बन्न सक्दैन‚ त्यसलाई संशोधन गर्न जरुरी छ।’
मन्त्री उप्रेतीले सेनालाई आत्मनिर्भर हुन नदिन र कमजोर बनाउन सेनाले गरिरहेको कामको सन्दर्भमा प्रोपोगान्डा सिर्जना गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।